Sunday, April 28, 2013

हरिवंश आचार्य, टेन्सनै टेन्सन र चिना हराएको मान्छे

हरिवंश आचार्य, टेन्सनै टेन्सन र चिना हराएको मान्छे
- गोपीकृष्ण ढुंगाना
प्रत्येक वर्ष आजका दिन पत्नी मीराको जन्म दिन मनाउँथें । तर आज दोस्रो पुण्यतिथि मनाएर आएँ । उनलाई रातो सारीमा रंगीन रूपमा देख्थें । तर आज पहेलो रंगले पूजा गरेर आएँ । घरमा बाहिर छोरो थियो, म कोठाभित्र भक्कानिइरहेको थिएँ । दुःखबीच आज अर्को सुख मिसिएको छ । आज मेरो किताब निस्किएको छ, चिना हराएको मान्छे।  यस मानेमा म खुसी छु ।
म आफू खुसीले जन्मेको मान्छे होइन । बुबाआमाको रूचीले जन्मिएको । जन्मेपछि घस्रिनै पर्दोरहेछ, दौडनै पर्नेरहेछ । बुबालाई छोरा चाहिएकाले जन्मिएको रहेछु म । जन्में, उहाँहरूका लागि म एउटा ‘सन’ जन्मिएँ तर म मेरा लागि ‘टेन्सन’ मा छु । मलाई नजन्माइदिएको भए बुबाआमाप्रति दोब्बर कृतज्ञ हुने थिएँ । सानैमा आमा बित्नुभयो । आमा, बुबा दिदीहरू जसले जतिबेला देखे पनि पढ् भन्ने । पढ्न भनेपछि मलाई रिस उठ्ने । मन नपर्ने वस्तु थियो मलाई पुस्तक । आँखा अक्षरमा हुन्थे, तर मन चंगा, लट्टाई र गुच्चामा हुन्थ्यो । जसलाई किताब देख्दा ‘टेन्सन’ हुन्थ्यो ऊ आज किताब लेख्ने लेखक भएको छ । जसमा लेखकको कल्पनासम्म थिएन। जीवनजस्तै किताब पनि ‘टेन्सन’ ले भरिएको छ ।
मन परेको मान्छे नपाउँला कि भनेर ‘टेन्सन’ । नपाए झुण्डिएर मर्छु भन्ने ‘टेन्सन’ । पाएपछि छोराछोरी नहुने हो कि भनेर ‘टेन्सन’ । त्यसपछि हुर्काउने, पाल्ने ‘टेन्सन’ । मानिस चेतनशिल प्राणीभन्दा जनावार भएको भए हुन्थ्योजस्तो लाग्यो । तर जब टेलिभिजनमा एनिमल प्लानेट हेरें तब भेजेटेरियन मानिने ‘नडराउनु नबिराउनु’ भन्ने सिद्धान्तमा बाँचेको मृगलाई समेत ‘टेन्सन’ हुने गरेको पाएँ । लखेटेको र मारेको भयवह दृष्यले झनै ‘टेन्सन’ थप्यो । तपाईहरूलाई लाग्ला, जंगलको राजा बाघलाई के टेन्सन ? तर होइन, उसलाई जति ‘टेन्सन’ बुढेसकालमा अरूलाई हुँदैन रहेछ ।
जलचर प्राणी भए राम्रो होजस्तो लाग्यो । तर माछा भागाभाग गरेको र गोही पनि अक्टोपसले हत्याउँदा त्यहाँ पनि ‘टेन्सन’ भेटें । अनि आकाशमा स्वतन्त्र भएर उड्ने चरा भए बेश जस्तो लाग्यो । तर बाजले झम्टिएको दृष्य अनि गुलेलीको निशानाबाट बचिरहनुपर्ने दृष्यले झनै ‘टेन्सन’ बनायो । अनि गुँडमा बस्दा पनि सर्पले डसेर मार्ला भन्ने डर। सबैलाई ‘टेन्सन’ रहेछ । सोच्दै गएँ, यी सबैको सृष्टिकर्ता देवता हुन् । तर देवता पनि रहस्यकै विषय लाग्छ मलाई । कसैले भेटेको प्रमाण छैन । छैनन् मान्दिनँ भन्दा पनि बिगार्देलान् भन्ने ‘टेन्सन’ । करले देवता छन् जस्तो लाग्छ । त्यसैले देवतासँग कहिल्यै कामना गरिनँ, केही मागिनँ । भन्दाभन्दै पनि मीरालाई बचाउन जीवनमा एकपटक देवताको चाकडी गरें । यति चाकडी गरें कि मन नलागे पनि उनको जीवनको माग गरें । तर तिनले छिनेर लगिदिए ।
मीरा बचाउन डाक्टर, आफन्त र शुभचिन्तक सबैले सघाए । तर केही सीप लागेन कसैको । गाली गरेर देवतालाई कविता लेखें,
अर्को जन्ममा देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
तिमेरूको चिना आफैंले लेख्छु
भएजति दशा तिमेरूलाई खन्याउँछु
सानो हुँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु...
मलाई मेरो किताब लेख्न सघाउने र सम्पादनमा सहयोग पुयाउने दुवैले हरिवंश जिद्दी छ भने । मैले किताबमा यो कविता पनि राखौं भनें तर उनीहरूले मानेनन् । त्यसैले यहाँ सुनाएको । म त अझै पनि भन्छु यो कविता किताबमा हाल्नैपर्छ । बुबा पण्डित भएकाले मेरो चिना लेख्नुभएको थियो । तर सानैमा कसैले चोरिदियो । संसारमा सबैभन्दा भाग्यमानी पनि ठान्छु आफूलाई अनि अभागी पनि हुँ संसारको । सानैमा आमा गुमाएँ । दुःखी भएँ । त्यस्तै माया गर्ने दिदीहरू पाएँ, खुसी भएँ । सानैमा फेरि बुबालाई गुमाएँ अनि दुखी भएँ । तर बुबाजस्तै माया गर्ने छोराहरू पाएको छु, खुसी छु । मदनकृष्ण श्रेष्ठजस्तो सर्वश्रेष्ठ व्यक्ति साथी पाएँ, झनै खुसी छु । यो मेरो ठूलो भाग्य हो । तर के गर्ने मैले माया गर्ने अनि मलाई माया गर्ने मीरा गुमाएँ । सायद यति ठूलो पीडा अरू के होला ? त्यसैले पनि अभागी म। तर पुनः रमिला पाठक भेट्टाएँ । उस्तै माया गर्ने । यस मानेमा म भाग्यमानी । मीराकै प्रतिमूर्ति बनेर आएकी छिन् रमिला ।
डेढ वर्षसम्म अत्यन्तै तनावमा रहें । एक्लो भएँ । म मृत्युको नजिक पुगें । धेरैले अर्की बिहे गरेको अझ प्रेम रहेछ रमिलासँग पनि भने । पर्नेलाई थाहा हुन्छ यस्तो पीडा कति भयंकर हुन्छ भनेर । कि मैले डिप्रेसन रोज्नुपथ्र्यो कि मृत्यु । कि त विवाह गर्नुपथ्र्यो । मैले विवाह रोजें । मैले रोजेकै मान्छे हो रमिला । हतारमा निर्णय गरें हुँला तर राम्रै गरें भन्ने लागेको छ । कलाकार बसुन्धरा भूसाल दिदीले मागिदिनुभयो । अमर प्रेम छ अहिले तर यसअघि प्रेम थिएन । म चिना हराएको मान्छे । यतिका भोगें । ‘टेन्सन नै टेन्सन’ को जिन्दगी भोगें । थाहा छैन अझै कति आरोह अवरोह भोग्न बाँकी छ । लाग्छ, जति दुःख पाउनु थियो पाइसकें अब त्यस्तो नहोस् ।
मेरा यस्ता दुःख र पीडा कसलाई सुन्ने फुर्सद यो व्यस्त समयका मानिससँग भन्ने लाग्यो । र सुनाएँ कलम र कपीलाई । कलम र कपीले अब तपाईलाई सुनाउने छ...। फाइन प्रिन्टले प्रकाशन गरेको ‘चिना हराएको मान्छे’ को आइतबार राजधानीमा भएको लोकार्पण समारोहमा वरिष्ठ कलाकार हरिवंश आचार्यले व्यक्त गरेका उद्गार हुन् यी । पत्नी मीराको दोस्रो पुण्यतिथिको अवसर पारेर सार्वजनिक गरिएको यो कृतिलाई नेपालमै पहिलोपटक ‘लिमिटेड एडिसन’ का रूपमा बजारमा ल्याइएको छ । हरिवंशले रमिला पाए पनि आफूले मीरालाई बचाइराख्ने प्रण गरे । लोकार्पणको शैली पनि फरक थियो । कृति विमोचन गरिएन, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल उर्फ वात्सायनले तयार पारेको ‘लेखक हरिवंश’ को स्केचलाई उनै वात्सायनले पर्दाको घुम्टो खोलेर लोकार्पण गरेका थिए । उनले भने, ‘हाँस्यव्यंग्यका क्षेत्रमा हरिवंश शिखर पुरूषका रूपमा स्थापित छन् ।’
यसैवर्ष मदन पुरस्कार पाउन सफल ‘सेतो धरती’ का उपन्यासकार अमर न्यौपानेले हरिवंशलाई नेपाल र नेपालीलाई शितल छहारी दिने ठूलो वृक्षको संज्ञा दिए । कृति सम्पादनमा सहयोगी बनेका उनले दुःखद् घटनाहरूले जन्माएको सुखद् आविष्कार ‘चिना हराएको मान्छे’ भएको बताए । उनले भने, ‘हरिवंशलाई एसएलसी पास गर्न तीन वर्ष लाग्यो । त्यसैले सायद उनी एकैपटक सारालाई हसाउने र रूवाउने वरिष्ठ कलाकार भएका छन् नत्र कुनै कोठामा, होटलमा, चोकमा हसाउने मान्छे बनेर बस्थे होला ।’
कस्तुरीको संज्ञा दिँदै उनले हरिवंशलाई आफ्नो सुगन्ध बेलैमा थाहा भएको बताए । भने, ‘कस्तुरी भए पनि आफ्नो सुगन्ध थाहा नपाउनेहरू यसै बिलाएका छन् । हरिवंशको सुगन्ध अब हाम्रो पनि हो ।’ जीवनमा भन्न मिल्ने भन्दा नमिल्ने कुरा धेरै हुँदा रहेछन् । औपचारिक भन्दा अनौपचारिक धेरै रहेछन् । तर कलात्मक ढंगबाट जीवनलाई विम्ब र संकेतमै भए पनि हरिवंशले चिना हराएको मान्छेमा कलात्मक ढंगले धेरै कुरा गरेको न्यौपानेको भनाइ थियो । उनले भने, ‘लेखक बनेका हरिवंश इमान्दार देखिएका छन् । आत्मप्रशंसा छैन । बालकको जस्तो निर्दोष अभिव्यक्ति छ । अहंलुकाउने तर अस्तित्व बचाउने मान्छेका रूपमा प्रस्तुत भएका छन् उनी ।’
हरिवंशलाई ‘चिना हराएको मान्छे’ लेख्न प्रोत्साहित गर्ने साहित्यकार डा. रविन्द्र समीरले चिना हराएको मान्छेले कसरी शुन्यबाट संसार जित्न सक्छ भन्ने उदाहरण हरिवंशले कृतिमा प्रस्तुत गरेको बताए । उनले भने, ‘डाक्टरी भाषाको इसिजीको ग्रामजस्तै रहेछ हरिवंशको जिन्दगी ।’ तर उनले यसलाई आत्मकथा भन्दा मनोकथा भन्नुपर्ने तर्क राखे । सरल भाषामा बोधगम्य तरिकाले पुस्तक लेखिएको उनको भनाइ थियो । ‘यो कृति हरेक तह, तप्का र वर्गका मान्छेले आफ्नै कथा पढेजस्तो लाग्नेछ’ उनले भने, ‘निराशावादी मानिसहरू शोक परेपछि आत्महत्या गर्छन् तर आशावादीहरू शोकलाई शक्तिमा परिणत गर्छन् । हरिवंशले पनि पत्नी मीराको शोकलाई शक्तिमा बदल्नुभएको छ ।’
डा. समीरले हरिवंश आफूलाई ‘सपनाको मान्छे’ लाग्ने गरेको बताए । भने, ‘होइन भगवान्ले पनि कस्तो व्यक्तित्व बनाएका होलान्, ठिटोदेखि वृद्धासम्म जस्तो भूमिकामा पनि उत्तिकै फिट । बोली पनि भनेजसरी फेर्न सक्ने । मलाई आश्चार्य लाग्थ्यो ।’ उनले विश्वप्रसिद्ध चार्ली च्याप्लिन, मिस्टर बिन, कादर खान आदि सफल हाँस्यकलाकारभन्दा हरिवंश झनै धेरै र भव्य क्षमता भएको व्यक्तित्व रहेको बताए । उनले भने, ‘सौभाग्य भनौं कि दुर्भाग्य, नेपालमा जन्मिनुभयो नत्र ओस्कारले थिचिइसक्नु हुने थियो हरिवंश दाइ ।’
फाइन प्रिन्टका प्रमुख कार्यकारीअधिकृत निरज भारीले हरिवंशलाई संकेत गर्दै भने, ‘मरेर जानु अपवाद, बाँच्नु संघर्ष हो ।’ उनले ‘चिना हराएको मान्छे’ लिमिटेड एडिसनका रूपमा पनि ल्याएको र सोवापत प्राप्त रकमको ९० प्रतिशत हरिवंशकी पत्नी मीराको नाममा आजैबाट खोलिएको मीरा केयर सेन्टरलाई उपलब्ध गराउने जानकारी दिए । सेन्टरका लागि काभ्रेको शंखुमा हरिवंशले दुई रोपनी जग्गा प्रदान गरेको पनि जानकारी दिइयो । लोकार्पणअघि नै विभिन्न स्थानमा पुस्तक बिक्री गरी उठेको पाँच लाख रूपैयाँको चेक पनि भारीले सेन्टरकी प्रमुख अर्थात् हरिवंशकी हालकी पत्नी रमिलालाई हस्तान्तरण गरिएको थियो । सेन्टरमा नेपालका गरिब, अनाथ, अपांग बालबालिकालाई राख्ने योजना रहेको छ ।
कार्यक्रममा हरिवंशका प्रिय सहकर्मी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुपस्थित थिए । धेरैलाई जिज्ञासा लागेको यो कौतुहललाई डा. समीरले मेटिदिए । हरिवंशले भाउजूको लिभरमा क्यान्सरको दाग देखिएकाले भारतको नयाँदिल्लीमा यतिबेला शल्यक्रिया गर्न मदनकृष्ण पुगेको जानकारी दिए । उनले भाउजूले पुनर्जीवन पाएको पनि बताए । कार्यक्रममा ७३ वर्षअघि बुबाले हरिवंश पूराण लगाएपछि २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म भएको पनि जानकारी दिइयो । तीसको दसकमा अभिनय यात्रा सुरू गरेका हरिवंशले ५० बढी टेलिश्रृंखलामा अभिनय गरेको, फिलिम र जे भो राम्रै भोनामक चलचित्र निर्देशन गरेको, विश्वका ३५ बढी राष्ट्रमा सय बढी प्रहसन गरेका छन् । यस्ता विशिष्ट व्यक्तित्वको जीवनी कृतिका रूपमा ल्याएर जनमानससम्म पु¥याउने फाइन प्रिन्ट, यसका नेतृत्वकर्तात्रय अजित बराल, निरज भारी र सुवर्ण लामिछानेलाई मुरीमुरी धन्यवाद ।

Tuesday, April 2, 2013

The Black Demon


The Black Demon

By : Gopi Krishna Dhungana


As usual, Ramesh, Naresh, Stuti and Smriti came out to the school ground. During tiffin time, they use to have their luncheon together and then start to play. All four took out the tiffin snack that their mothers had put in their school bag. All of them had clearly understood that home made snack is far better than junk food. they bring different sancks item everyday. Since they are close friends in school, they share their snacks with one another.

Today Ramesh has brought parched maize and soyabean. Naresh took out dry bread and pickle of gundruk§. Similarly, Stuti has brought fried rice and curry of pumpkin sprout. At last, Smriti served Sujiª and fried potato on the paper. Today's snacks items are favorite for all. Smriti happily said 'wow ! we'll have very tasty snacks today'. When they were ready to have their preferred items. A tall and fat demon having long hair, beard and teeth appeared nearby and roared - 'This is tiffin time of mine also like yours; Now I'll eat you all'.

All of them, Ramesh, Naresh, Stuti and Smriti, who were having their snacks at a corner of school ground, were frightened, became nervous and started to cry. It was obviously natural for them to frighten. All of them had heard much about demon but had never seen. They had seen demon only in picture. They easily recognized that the tall and fat creature is a demon. Saraswoti Primary School, where they had been studying, is located near a jungle a bit far from village. The giant demon had reached at school since he could find nothing to eat. It is believed that two years ago also, A demon had taken two girls to the jungle from the school and they were never found.

All four students from grade two started to cry when they suddenly saw a dangerous demon in front of them. But who would listen to their cry? All other friends were playing in their own way on the ground with loud noise. The weather had changed. It was about to rain; So chirping noise of the birds from the jungle was loud. As it was tiffin time, all the teachers were in their matter. There was not any matured person nearby them. They found no helping hand and escaping way. Thus they started to cry and shout. The demon shouted in loud voice - "Oh Children! I have been hungry for seven days. I will eat you and satisfy my hunger.' All four were further frightened and looked at one another's face.

When nobody came to save them, all of them started to run towards teachers. The demon suddenly caught Smriti, who was thin and small. Other three, who were running away to save their life, didn't know this thing. Ramesh, who was also fat, could not run and sat on the ground. The demon caught to Ramesh as well. Naresh and Stuti ran away for sometimes. But they dashed against other friends and fell down on the ground. The demon caught them too. Ramesh shouted 'leave me ! leave me ! please save me !' Goma Miss heard Ramesh's shout of asking for help. Shre also ran towards the demon she also shouted - 'please save us ! save us !'.

Gopal sir, who was coming out from toilet, also ran towards the demon, who had been kidnapping students. Thinking that the luckily found food would be snatched away, the demon ran to the Jungle. And he concealed himself in bush. Like the saying 'Misfortune is sudden and unplanned', other teachers were absent that day Goma miss and Gopal sir went to the jungle to search for the students but they couldn't see the demon and the children. They became nervous and started to sweat. 'What to do now?' Gopal sir said to Goma Miss 'We must release our students from the demon in any cost. He has been hidden somewhere here' - Goma Miss said. Both of them took branches of tree and started to strike in the bush.

Goma miss heard the sobbing noise of scared Smriti. After hearing the noise, she shouted - 'The demon has concealed here' The demon again fled and jumped to a runlet. The heart of both Gopal Sir and Goma Miss shook due to the love of the students. 'Alas ! The demon may have finished all four students at a single spot'. Saying that Gopal Sir sat on the ground squatly.

But Goma Miss forced him and both of them reached at the runlet.

Ramu, Smriti's father, who was working in the farm land near the runlet saw the demon running away by carrying the children. When he saw the demon carrying his own daughter also Ramu followed him with spade on his hand. Gopal Sir and Goma Miss, who had been carrying branches of tree, also ran to follow Ramu. Ramu shouted 'Help ! Help ! The demon is eating the children. The demon is kidnapping the chidren.' The demon reached at village while running. When villagers saw the demon, they came out of their house with stick, mallet and domestic weapons. Thinking that the villagers would kill him, The demon started to run in high speed.

While running in high speed, Ramesh, the fat boy fell off from demon's left hand. Gopal sir picked up Ramesh. Meanwhile, the demon fell down in a pit and by chance Smriti also got escaped. Goma miss caught Smriti. The demon again fled. Naresh and Stuti were still crying. The villagers surround him from all directions. A person charged on demon's leg with a stick to catch him. Then he fell down and the villagers caught him. Ramu embraced Naresh and Stuti and started to console.

The villagers shouted that the demon should be killed by beating him. Smriti's father, Ramu slapped on his check very forcefully. The demon's beard and hair fell down on ground Gopal sir added another slap. By that slap, his tusks fell down surprisingly, the demon was not somebody else but Kale, one of the villagers. Kale had tried to frighten the children by making artificial hair, beard, moustache and teeth. By this artificial gait up, he had tried to entertain by creating fear to the small children. By knowing this bad habit of Kale, all the villagers became angry. That was a great crime of Kale. Thinking that he wouldn't do such type of misdeed in future, the teachers and guardians took him to the police station and handed over him to the police. The rays of happiness were seen on the face of Ramesh, Naresh Stuti and Smriti.

Translated By : Pawan Aalok

§ Gundruk: Fermented and dried vegetable made from green vegetable
ª Suji: A food item prepared from wheat flour.